Saturday, May 31, 2008

सेतिवेनी



सेतिवेणी (वा सेतिवेनी, सेदीवेणी) - यो जोगिमारा नजिक वाट लिइएको तस्विर हो।
यहाँ कालीगण्डकी जलविद्युत परियोजनाको लागी वनाईएको वाँध सिर्जित ताल को निर्माण भएको छ। यो ताल करीव ५.५ कि.मि. लामो छ, आँधिमुहान देखि सेतिवेणी सम्मको यात्रलाई यसले निकै सजिलो वनाईदिएको छ। यो तालको निर्माण पश्चात यस वरिपरि रहेका वासिन्दाहरुको आवत-जावतमा निकै सजिलो भएको छ। आँधि देखि सेतिवेणी सम्मको तीन घण्टा भन्दा वढीको पैदल यात्रालाई यसले सहज तुल्याइदिएको छ एकातिर भने, अर्को तर्फ सेतिवेणीको व्यापारीक परिदृष्य पनि यसले आकर्षक वनाईदिएको छ। व्यापार वढेको छ। पर्वत जिल्लाको शालीग्राम, वाहाकी, टकलाक, विहादी; गुल्मी जिल्लाका अर्वेनी, श्यांजा जिल्लाको पिडीखोला गा.वि.स. हरु प्रत्यक्ष फाइदा प्राप्त गरेका छन् भने ती गा.वि.स. हरु संग जोडीएका वासिन्दाहरु पनि निक्कै लाभान्वित छन्।

Thursday, May 29, 2008

गणतन्त्र घोषणाको प्रतीक्षामा जनसमुह




वि.सं. २०६५ जेठ १५ तदनुसार २००८ मे २८ ई.सं. मा काठमाण्डुको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वाहिर जनसमूहको व्यग्र प्रतीक्षा । गणतन्त्र घोषणाको प्रतिक्षमा म पनि त्यहिं कतै साथीहरु संग थिएँ।
यो ऐतिहासिक क्षणमा मानिसहरु नयाँ वानेश्वरको चोक वरीपरी विहानै देखी खवरदारीका साथ गणतन्त्र घोषणाको प्रतिक्षा गरिरहेका थिए,जुन विहान ११.०० वजे वस्ने संविधानसभाको पहिलो वैठकले गर्ने भनिएको थियो। लगभग १२ घण्टा पश्चात राती ११.२५ तिर घोषणा गरियो।
माथिका तस्विरहरु दिउँसो खिचिएका हुन, जतिखेर मानिसहरु तीव्र घामको परवाह नगरिकन नाचगान र रमाईलो गरि समयको पर्खाइमा थिए।